अखिल (क्रान्तिकारी) भोजपुरको १४ औँ जिल्ला सम्मेलन भोली, सम्मेलनको सम्पुर्ण तयारी पुरा

भोजपुर । नेकपा (माओवादी केन्द्र) निकटको संगठन अखिल (क्रान्तिकारी) भोजपुरको भोली हुने १४ औँ जिल्ला सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ ।

सुशासन र समाजवादी शिक्षाका लाथि हाम्रो आन्दोलन, सुदृढ संगठन निर्माणका लागि १४ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ भोजपुरको भिन्तुना होटलमा विहिवार विहान १० वजेबाट सम्मेलन सुरु हुने छ ।

सम्मेलनमा ९ वटा स्थानीय तह, आङ्गीक क्याम्पस र प्राविधिक शिक्षालयबाट गरी १२ वटा कमिटिबाट १ सय ५० जना प्रतिनिधि सम्मेलनमा सहभागी हुने बुधवार पत्रकार सम्मेलन गर्दै अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष विश्वास राईले जानकारी दिए ।

जिल्ला सम्मेलनलाइ सांसद एवम पुर्व पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले सम्वोधन गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार