सचेतना सहित विश्व आत्महत्या रोकथाम दिवश भोजपुरमा पनि मनाईयो

भोजपुर । भोजपुरमा सचेतना सहित विश्व आत्महत्या रोकथाम दिवश मनाईएको छ । भोजपुरको चारभञ्ज्याङ देखी सुरु गरिएको र्‍याली जिल्ला स्वास्थ्य कार्यालय भोजपुरसम्म पुगी औपचारीक कार्यक्रममा परिणत भएको थियो । औपचारीक कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय भोजपुर र जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रस्तुती पछि सभागीहरुले आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि सचेतना जरुरी रहेको बताएका छन् ।

‘आत्महत्या रोकथाम बारे सम्वाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय भोजपुर र स्वास्थ्य कार्यालय भोजपुरको संययुक्त आयोजनामा जिल्लामा प्लेकार्ड प्रदर्शन सहित र्‍याली र आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि सचेतनामुलक पम्प्लेट वितरण गरिएको छ ।

पछिल्लो समयमा बढदै गएको आत्महत्या न्युनीकरणका लागि सचेतना कार्यक्रम आयोजना गरिएको आयोजक जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

भोजपुरका प्रहरी प्रमुख डिएसपी युवराज तिमिल्सिनाले आत्महत्याको दरलाई सचेतनासहित न्युनीकरणमा यस्ता सचेतना कार्यक्रमले मद्दत गर्ने बताए । उनले भोजपुरमा जनताको घरघरमा प्रहरी कार्यक्रम अनुसार जनताको समस्या बुझ्न प्रत्येक घरमा प्रहरी पुग्ने समेत बताए ।

कार्यक्रममा आत्महत्या रोकथामको लागि अपनाउने उपायहरुको विषयमा प्रस्तुतिकरण गरेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले बताए । भोजपुरको चारभञ्ज्याङ देखी सुरु गरिएको र्‍याली जिल्ला स्वास्थ्य कार्यालय भोपुरसम्म पुगी औपचारीक कमार्यक्रममा परिनत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार