भोजपुर । नेपाल तरुण दल जिल्ला कार्य समिति भोजपुरले कोशी प्रदेश भित्रका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्यहरुको वृहत भेला गर्ने भएको छ । नेपाली कांग्रेसको भातृसंस्था तरुण दल जिल्ला कार्य समिति भोजपुरले सोमवार भोजपुर नगरपालिको वैठक कक्षमा पत्रकार सम्मेलन गर्दैै यहि संसिर २९ र ३० गते तरुण दल अध्यक्ष तथा केन्द्रिय सदस्यहरुको वृहत भेला गर्ने पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको छ । नेपाल दरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ्गको प्रमुख आतिथ्यमा हुने भेलामा १४ जिल्लाका १४ जना अध्यक्ष र ७२ जना केन्द्रिय सदस्यहरुको उपस्थिती रहने बताईएको छ ।
पत्रकार सम्मेलनमा वोल्दै नेपाली कांग्रेसमा कोशी प्रदेश सदस्य तथा पुर्व तरुणदल अध्यक्ष कैलाश कुमार आलेले देशमा देखिएका समस्याहरु समाधान गर्दे समाज रुपान्तरण गर्न युवाहरु एकजुट भएर लाग्नु पर्ने बताएका छन् । आलेले युवा विना विकास र समृद्धि पनि असम्भव भएको बताउँदै यस भेलाले विकास र समाज रुपान्तरणका लागि युवाहरु सकारात्मक सोचका साथ एक जुट भएर अगाडी बढ्नु पर्ने धारना राखेका छन् ।
यस्तै नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा तरुण दलका निवर्तमान अध्यक्ष सरोज बस्नेतले देशको संवैधानिक व्यावस्था समाप्त पारेर अगाडी बढ्न खोज्ने शक्ति जुरमुराई रहेको वेला तरुण दलले संवैधानीक व्यावस्था जोगाउँदै देशलाई सहि मार्गमा लैजान एक जुट भएर लाग्नु पर्ने बताए । उनले देशमा व्याप्त भ्रष्टचार उन्मुलनमा युवाहरुको भुमिका देखिनु पर्ने बताउँदै युवाहरुलाई स्वारोजगार बनाउँनका निमित्त यो भेलाले सन्देश दिने बताए ।
देशमा भ्रष्टचार, अस्थिरता भविष्यको अनिश्चिताले लाखौ युवाहरु विदेश पलायन हुन बाध्य रहेको बताउँदै देखिएका समस्याहरुलाई समाधान गर्दै नागरिकहरुले आधारभुत आवश्यक्ता र चाहाना पुरा गर्न संविधान सभाले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कार्यान्वयन गरी विधिको शासनको प्रत्याभुत दिलाई देशमै युवाहरुलाई स्वारोजगार बनाई देशलाई समृद्धि तर्फ गराउन सम्पुर्ण युवाहरु एक ठाउँमा उभिनु पर्ने उद्धेश्यका साथ यो भेला गर्न लागिएको नेपाल तरुण दल जिल्ला कार्य समिति भोजपुरका अध्यक्ष ज्योती पौडेलले बताए ।
२९ र ३० गते भोजपुर नगरपालिकाको सभा हलमा हुने वृहत भेलाका लागि आवश्यक तयारी सुरु गरिएको नेपाल तरुण दल केन्द्रिय सदस्य जनक घलेले बताए ।