भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ खाटम्मा गोथे बजारमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । षडानन्द नगरपालिका वडा न २ ताँबुटारका अन्दाजी ३१ बर्षको धर्मराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सोमबार बेलुका अन्दाजी ६ बजेतिर साल्पासिलिछो गाउँपालिका ४ खाटम्मा गोथेबजारमा एक आपसमा सामान्य विवाद भएपछी कुटपिट भएको खुलेको छ । कुटपिटबाट मृत्यु भएको राईको लासको पाहिचान मृतकका भाइ मन कुनार राईले गरेका छन ।
कुटपिट सम्लग्न रहेका संकास्मद व्यक्ति प्रहरी नियन्त्रणमा रहेको छ । थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।