भोजपुर । भोजपुरको वोखिममा स्कॉर्पियोे दुर्घटना हुदा १० जना घाईते घाईते भएका छन् । भोजपुर नगरपालिका ५ डाडाँटोलबाट टेम्के जाने क्रममा प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कॉर्पियोे सडकबाट करिव दुई सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।
दुर्घटनामा परी झापा गोरदह बस्ने झम्क बहादुर घले र सोहि ठेगाना भएका देवीकला घले गम्भीर घाईते भएका छन् । अन्य घाईतेको नाम ठेगाना खुली नसकेको जिल्ला ट्राफिक कार्यालय भोजपुरले जनाएको छ ।
घाइतेलाई जिल्ला अस्पताल भोजपुर लगिएको छ ।