भोजपुरमा स्कर्पियो दुर्घटना १० घाईते, ४ जना घाईतेहरुलाई थप उपचारका लागि हेलीबाट काठमाडौँ लाने तयारी

भोजपुर । भोजपुरको वोखिममा स्कॉर्पियोे दुर्घटना हुदा १० जना घाईते घाईते भएका छन् । पर्यटकीय टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा स्कर्पियो गाडी दुर्घटना हुँदा १० जना घाईते भएकाहुन् । बिहिबार विहान भोजपुर नगरपालिका ५, बोखिमको डाडाँटोलस्थित प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पियोे सडकबाट खस्दा दुर्घटना हुन पुगेको हो ।

चालकसहित १० जना सवार उक्त गाडि अनियन्त्रित भई सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो । घाईते हुनेमा माङ्सेबुङ गाउँपालिका ६, इलामका नविन कुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोहि स्थानकी मेनुका घले, भोजपुर नगरपालिका ५ की लाक्पादिकी शेर्पा, गौरादह नगरपालिका ७, झापाका झम्क बहादुर घले र देवीकला घले, भोजपुर नगरपालिका ५ की जुनुका राई र राम कुमार राई, धरान २, सुनसरीकी ईहायाराना सुब्बा र धरान ८, सुनसरीका चालक सुदिप लिम्बु रहेका छन् ।

घाईतेमध्ये झम्क बहादुर घले र देवीकला घलेको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाईतेहरुलाई तत्काल जिल्ला अस्पताल भोजपुर ल्याईएको थियो ।

गम्भिर ४ जना घाईतेहरुलाई थप उपचारका लागि काठमाडौँ लाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक दिपक श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार