भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले एक पटक मत परिवर्तन गर्न आग्रह गर्नु भएको छ ।
पटक पटक मत पाएकाहरुबाट धोका भएको भन्दै अब एक पटक मत परिवर्तन गर्न जिल्लावासीलाई आग्रह गर्नु भएको हो ।
सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी भोजपुरको प्रथम जिल्ला भेलालाई सम्बाेधन गर्दै कार्कीले कसैको डर नमानी अब एक पटक अन्य दललाई भुक्याई दिन आग्रह गर्नु भएको हो ।
कार्कीले भन्नुभयो, “तपाईहरुलाई धैरे पटक भुक्याईयो हैन, एक पटक झुक्याई दिऔँ, अब डर न सर, डर के को डर” । जनताको प्रतिनिधि सेवक हुनु पर्छ ।
अरु दलहरुले मुलुकलाई गरिव बनाएको बताउँदै कार्कीले आफुहरुले आगामी दिनमा खोक्रो बनाउन नदिने दावी समेत गर्नुभयो ।
आफु दक्ष चिकित्सक हुदाँ हुँदै पनि देश नै बिरामी भएकाले आफु पेसा त्यागेर राजनीतिमा आएको बताउनुभयो ।
सोक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता रमेश प्रसाईले समाज जागरुक नभएसम्म कसैको केही नलाग्ने बताउँदै विगतमा जनतासँग विकल्प नभएकोले अन्य दल रोज्नु परेको हो अब भने त्यसको बिकल्प राष्ट्रिय स्वतन्त्र पार्टी आएको दावी गर्नुभयो ।
जिल्ला भेलाले जिल्ला समिति समेत निर्माण गर्ने बताइएकाे छ ।