भोजपुर । भोजपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापतीमा ईश्वर कार्की सर्वसहमत चयन भएका छन् । शुक्रबार भोजपुरको जिल्ला समन्वय समितिको सभा हलमा भएको प्रथम जिल्ला भेलाबाट कार्की सभापतीमा सर्वसहमत चयन भएका हुन् ।
समितिको उप सभापतीमा समिता आर्चाय, सचिव खेम भुजेल, सदस्य हरुमा कुसुम कार्की, फुर्दिकी शेर्पा, अस्मिता तामाङ, र विमला रसाईलि सर्व सर्वसहमत चयन भएका छन् । अँय पधादिकारी र सदस्यहरु पालिका अन्तरगत राखीने रास्वापाका सभापतिमा ईश्वर कार्कीले बताए ।