सुन्दरहरैचामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचा ५ मा हात्तीको आक्रमणबाट सोमबार साझ एक महिलाको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा ५ स्थित डिपु चोक उत्तर तर्फको जङ्गलमा दाउरा लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ६० वर्षीय महिला चन्द्र कला लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख कृष्ण खत्री ले जानकारी दिए ।

मृतक लिम्बुको शव पोष्टमाटमको लागि लगिएको प्रहरीको भनाइ रहेको छ । पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तिले आंतक मच्चाउने गरेको छ । सुन्दरहरैँचाको उत्तर तर्फको जङ्गलमा हात्तिका बच्चा सहित २०, २२ को संख्यामा रहेको स्थानीय चिन्ता मनि लुइँटेल जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार