जिल्ला समन्वय समिति भोजपुरको आठौं जिल्ला सभा सम्पन्न

भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको आठौं जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभा हलमा भएको ८ औ जिल्ला सभाबाट सभामा पेस गरिएको ११ वटा प्रस्तावहरु पास गरेको छ ।

सभामा क्रशर उद्योग संचालन, खानी संचालन तथा सम्भाव्यता अध्ययन, प्राङगारीक मल उद्योग, शिक्षा क्षेत्र सुधार, बाँदर नियन्त्रण, नव निर्मित भवनको लागि फर्निचर व्यावस्थापन, वैठकको निर्णय अनुमोदन, समन्वय समितिको खर्च अनुसमोदन लगाएतको प्रस्ताव पारित भएको हो ।

सोक्रममा पालिका प्रमुख तथा उपप्रमुखहरुले शिक्षा क्षेत्रमा देखिएका समस्या, बाँदर नियन्त्रण हुन नसक्दा कृषकले ब्यहोर्नु परेको समस्या लगायतका बिषय उठाएका थिए ।

सोही अवसरमा मुल्यांकनका आधारमा उत्कृष्ट भएका जिल्लाको रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकालाई सम्मानपत्रबाट सम्मान समेत गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङको अध्यक्षता भएको सभा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सभाको उद्घाटन गरेका थिए । सभामा कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राई, पूर्वसंबिधानसभा सदस्य लक्ष्मी परियार, पालिका प्रमुख तथा उपप्रमुखहरु, समन्वय समितिका पदाधिकारीहरु, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

जिल्लासभामा भोजपुरका दुई नगरपालिका र सात गाउँपालिका प्रमुख तथा उपप्रमुखको सहभागिता हुने भएपनि सबै पालिकाको सहभागिता भने थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार