जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्यो दुई सय ८४ केजी अवैध मह नष्ट

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले दुई सय ८४ केजी अवैध मह नष्ट गरेको छ । गत भाद्र २३ गते भोजपुर नगरपालिका ६ को पालुवामा खान योग्य नभएको नक्कली महा स्थानीयको सूचनामा प्रहरी विट देउरालीका प्रहरी हवलदार प्रकाश तामाङले भोजपुर नगरपालिका ७ मा रहेको चिण्डो होटलबाट प्लाष्टिक पोकामा जम्मा गरेर बिक्री गर्दे आएको दुई सय ८४ केजी अवैध मह र मह वेच्ने ८ जना भारतीय नागरिकलाई पत्राउ गरेको थियो ।

मह परिक्षणको लागि पठाउनु पर्ने भएकाले पक्राउ परेका ८ जनालाई प्रहरीले सम्पर्कमा रहने गरी छडेको थियो । बरामत भएको मह परीक्षणका लागि पठाइएको परिक्षणमा खान योग्य नभएको र अवैध देखिएपछि प्रहरीले जिल्ला खाद्य संस्थान तथा व्यापारिक कम्पनी लिमिटेड भोजपुर, वडाको प्रतिनिधी, पत्रकार र कृषि ज्ञान केन्द्रको रोहवरमा खाल्डो खनेर नष्ट गरेको हो ।

महको परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नपाईएकोले नक्कली मह नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सीनले बताए । उक्त अवैध मह प्रति केजी एक हजार रुपैयाको दरले गाउँमा वेचीरहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार