भोजपुर । भोजपुर गट ट्यालेन्ट २०८१ को क्वार्टरफाइनल अन्र्तगत विभिन्न विधाका प्रतियोगिताहरु सम्पन्न भएका छन् । क्वार्टरफाइनलका विभिन्न विधामा ४५ जना प्रतियोगी अधिल्लो चरणका लागि छनोट भएका छन् ।
शनिबार स्थानीय टुँडिखेलमा आयोजित प्रतियोगिता अन्र्तगत गायन, नृत्य, वक्तृत्वकला विधाका कार्यक्रमहरु सम्पन्न भएको थियो । सेमिफाइनलका प्रतियोगिता आगामी पुस २७ गते सम्पन्न हुने कार्यक्रम संयोजक सुसन घिमिरेले जानकारी दिए ।
जिल्लाभरबाट चारसय २० जनाको अडिसन लिईएको थियो । जसमा दुईसय ३३ छनोट भएकामध्ये ६० जना मेगाराउण्डमा पुगेका थिए ।
यस किसीमका प्रतियोगिताले नवप्रतिभाको प्रस्फुटन हुने र जिल्लाको कलाकारितालाई अझै निखार्न मद्दत गर्ने भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताए ।
‘यस्ता किसीमका प्रतियोगिताले नयाँ सोच र कलाको विकास भएर जान्छ, नयाँ प्रतिभाहरुले अवसर पाउनेछन्’ आलेले भने । भोजपुर गट ट्यालेन्टले दुरदराजका नविन प्रतिभाहरुको खोजी गर्ने र प्रतिभालाई सुनौलो भविष्यको मार्गचित्रण गर्न सहयोग पु¥याउने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले बताए ।
भने, ‘यो गट ट्यालेन्टबाट गाउँगाउँका कुनाकन्दराबाट अवसरबाट बञ्चित नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउने प्रयास गर्नेछ’ तीनै विधाका विजेता प्रथम, दोश्रो र तृतीय हुनेले क्रमशः ५० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।
भोजपुर नगरपालिका र हतुवागढी गाउँपालिकाको प्रायोजन रहेको उक्त गट ट्यालेन्ट प्रतियोगितामा सबै विधाका प्रथम स्थान हासिल गर्ने विजेतालाई आईएमई लाईफ ईन्स्योरेन्स भोजपुर शाखाले प्रतिव्यक्ति २/२ लाखको बिमा गरिदिने आयोजक डाइमण्ड डान्स क्रूले जनाएको छ ।