भोजपुर । एक लाख पर्यटक भित्राउने उद्धेश्यका मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ प्रवद्धनार्थ बृहत सांस्कृतिक तथा पर्यटन कृषि मेला भव्य रुपमा सफल पार्न टेम्केमैयुङ गाउँपालिकाले ३ दिन स्थानीय विदा दिएको छ ।
नेपाल सरकारले घोषण गरेको उत्कृष्ट १०० गन्तव्यहरुको सूचिमा समावेस भएको मुन्दुम पदमार्गमा एक वर्षमा एक लाख पर्यटक भित्राउने उद्धेश्यका माघ १ गतेबाट सुरु हुन लागेको बृहत सांस्कृतिक तथा पर्यटन कृषि मेलाका लागि आकस्मीक सेवा वाहेक सवै २, ३ र ४ गते स्थानीय विदा दिएको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए ।
१ गते हुने मेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री पाण्डेले गर्ने छन् । उक्त दिन नाक्छोङहरुको मुन्दुमी प्रदर्शनी र आरोह व्यान्डको सांगितिक प्रस्तुती हुने बताईएको छ । २ गते भने कवि मिल्शजन राई प्रस्तुती, स्थानिय कृषि उत्पादन प्रदर्शनी तथा प्रतियोगिता र आरोह व्यान्डको सांगितिक प्रस्तुती हुने छ ।
यस्तै ३ गते भने खुल्ला साकेला शिली प्रतियोगिता, र ज्वाला राईको संगितीक प्रस्तुती हुने भएको छ । यस्तै ४ गते धनुष वाण प्रतियोगिता, हास्य कलाकार मनोज गजुरेल र गायक भिषण मुकारुङको वेजोड सांगितिक प्रस्तुती हुने छ भने ५ गते मेलाको अन्तिम दिन गायक शिव परियारको वेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको वजोड प्रस्तुती रहने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
टेम्केमैयुङ गाउँपालिकाको आयोजना, चखेवा बजार तथा शहरीकरण व्यावस्थापन समिति चखेवाको मेला व्यावस्थापन र मैयुङ टेम्के साल्पा सिलिचुङपर्यटन प्रवद्धन केन्द्रको समन्वयमा मेला सुरु हुन गालेको हो ।
एक लाख पर्यटक भित्राउने उद्धेश्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष घोषण गरी २०२५ लाई पर्यटन वर्ष मनाउने लागिएको हो । प्राकृतिक सौन्दर्य र किरात मुन्दुमी सँस्कृतिले भरिपूर्ण मुन्दुम पदमार्ग पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले उक्त पदमार्गमा एक वर्षमा एक लाख पर्यटक भित्राउने उद्धेश्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ आयोजना गर्न लागिएको अध्यक्ष बस्नेतको भनाई छ ।