मुन्दुम पदमार्ग संभावनै संभावना बोकेको मार्ग हो : मन्त्री पाण्डे

भोजपुर । एक लाख पर्यटक भित्राउने उद्धेश्यका मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ प्रवद्धनार्थ बृहत सांस्कृतिक तथा पर्यटन कृषि मेला शुरु भएको छ । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवद्र्धन गर्ने लक्ष्यले साँस्कृति, पर्यटन तथा कृषि मेला शुरु भएको हो । मेलाई उदरघाटन गर्दे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम पदमार्ग पर्यटनमा संभावननै संभावना बोकेको मार्ग भएको बताएका छन् ।

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । मुन्धुम पदमार्ग कोशी प्रदेशको पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको आफूले पाएको मन्त्री पाण्डेको भनाइ छ ।’ यो पदमार्गले किराती र मुन्दुम संस्कृतिको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ’ यो पदमार्गको बीचमा थुप्रै पर्यटकीय र किराँती संस्कृतिसँग जोडिएका स्थान छन्। यसले यो पदमार्गको महत्त्व अझ बढाएको छ।’ झन्डै एक सय किलोमिटर दुरीको यो पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती छन्। ‘मुन्दुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएका स्थान भएकाले यो पदमार्गको नाम ’मुन्दुम’ राखिएको हो । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले उल्लेख गरे ।

फरक प्रसंगमा पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि हवाइ क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेको बताए । नेपालको आवश्यकता अनुसार जहाजहरू नभएकाले जहाजको संख्या थप गर्न र बन्द रहेका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन आफूले प्रयास गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो। भ्रमण बर्षमा एक लाख पर्यटक भित्राउने उद्धेश्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ प्रवद्धनार्थ बृहत सांस्कृतिक तथा पर्यटन कृषि मेला शुरु गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

मेलाको दुई गते स्थानिय कृषि उत्पादन प्रदर्शनी तथा प्रतियोगिता, मिल्सन राईको कविता बाचन र आरोह व्यान्डको प्रस्तुति हुने छ भने तीन गते खुल्ला साकेला शिली प्रतियोगिता र ज्वाला राईको संगीतिक प्रस्तुती हुने छ । यस्तै चार गते धनुषवाण प्रतियोगिता, हास्य कलाकार मनोज गजुरेल र गायक भिषण मुकारुङको बिशेष प्रस्तुती हुने छ भने पाँच गते गायक शिव परियारको साथै स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहने अध्यक्ष बस्नेतले जानकारी दिए । उँपालिकाको आयोजना, चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिको ब्यवस्थापन र मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको समन्वयमा माघ पाँच गतेसम्म मेला सञ्चालन हुन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार