पौवादुङमा गाउँपालिकामा बृहत माघी मेला तथा दोस्रो आमन्त्रित पौवादुङमा गोल्डकप सुरु

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रेमा बृहत माघी मेला तथा दोस्रो आमन्त्रित पौवादुङमा गोल्डकप सुरु भएको । मेला तथा गोल्डकपको पूर्वमुख्यमन्त्री शेरधन राईले मंगलवार उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री शेरधन राईले आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्द्धनमा खेल तथा मेलाले पनि टेवा पुर्‍याउने बताए । उनले निर्माणको चरणमा रहेका रंगशालाको बजेट ब्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्घाटन पछि भएको प्रतियोगितामा आम्तेक ११ ले आयोजक पौवादुङमा खेलकुद विकास समितिलाई २, १ को अन्तरले पराजित गरेको छ । आफ्नो टिमका लागि आम्तेक ११ का लागि सन्तोष तामाङले दुवै गोल गर्नु भएको थियो भने आयोजकका तर्फबाट आशाहाङ राईले एक गोल मात्र गरे। खेलको म्यान अफ द म्याच आम्तेक ११का सन्तोष तामाङ बने ।

गत बर्षबाट सुरु प्रतियोगिताअन्तर्गत दोश्रो संस्करणकारुपमा संचालन हुन लागेको प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण र प्रदेश प्रहरी कार्यालय बिराटनगरको टिमले पनि सहभागिता जनाउने छन् भने अन्य टिमहरुमा आम्तेक ११ फुटवल क्लव, पौवादुङमा खेलकुद बिकास समिति क., छथर गाउँपालिका तेह्रथुम, कोट कालिका फुटवल क्लव, अरुण गाउँपालिका, राजगढ फुटवल क्लव बाह्रदर्शी गाउँपालिका झापा, मोर्डन एरा फुटवल एशोसियन बिराटनगर, तिवारीभञ्ज्याङ फुटवल क्लव, टेम्केमैयुङ गाउँपालिका, देउराली फुटवल क्लव, अलस्टार फुटवल क्लव धरान र पौवादुङमा खेलकुद बिकास समिति बि. रहेको आयोजक पौवादुङमा गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।
गाउँपालिकाको केन्द्र च्याङग्रेको रंगशालामा सञ्चालन हुने दोश्रो पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाखसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ भने द्वितिय हुने टिमले नगद दुई लाख मेडल र प्रमाणपत्र पाउने पौवादुङमा गोल्डकप तथा मेला कार्यक्रम आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार