टेम्केमैयुङ गाउँपालिको नागी देखि खावा,कोट गोगने लेखर्क जोड्ने सडक कालोपत्रेको काम सुरु

भोजपुर । टेम्केमैयुङ गाउँपालिको वडा नं. ४ नागी देखि खावा, कोट गोगने हुदै लेखर्क जोड्ने सडक कालोपत्रेको काम सुरु भएको छ ।

२ करोड ६१ लाख ७१ हजार ६ सय ३१ रुपैमा मार्सेली — सीप्तुङ लाईट जे.भीेले यहि असार मसान्त सम्म काम सक्ने गरी सम्झौता गरिएको कालोपत्रे सडक विहिवार टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले सिलन्यास गरेका छन् ।

स्थानीय पुर्वधार विकास आयोजना कार्यालय कोशी प्रदेश इटहरीबाट विनियोजन भएको बजेटबाट डेड किलो मिटर सडकमा ग्याभिन जाली, आर सीसी ढलान, ड्रेन वाल, र सडक कालोपत्रेको काम यस आर्थिक मसान्त भित्र सक्ने गरी योजनाको काम अगाडी बढेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

सडक कालोपत्रेको काम सुरु गरेको निर्माण कम्पनीका ठेकेदार श्याम श्रेठले तोकिएको समयमा नै काम सम्पन्न गर्ने बताएका छन् । कालो पत्रे भए संगै नागी, खावा, कोट गोगने लेर्खकका कृषकले उत्पादन गरेका कृषि जन्य बस्तु बजार सम्म लान सहज हुने स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार