भोजपुर । नेपाल निजामती कर्मचारी युनियन भोजपुरको ९ औँ जिल्ला अधिवेशनबाट सितारामा ओझा अध्यक्षमा निर्वाचित भएका छन् । ओझा दोस्रो कार्यकालका लागि पुन सर्वसहमतीमा अध्यक्ष पदमा निर्वाचित भएका ह्ुन् । भोजपुर नगरपालिकाको हलमा भएको नवौँ जिल्ला अधिवेशनबाट उनी संगै १३ कार्य समित सर्वसहमत च निर्वाचित भएको हो । समितिको उपाध्यक्षहरुमा देवी तिवारी, निमा राई, सचिवमा विक्रम रुम्वा, कोषाध्यक्षमा सन्तोष आले मगर, सदस्यहरु निशान्त कार्की, आङ्दावा शेर्पा, रुपेश कुमार यादव, सुरेश फुयल, रेव बहादुर बस्नेत, शुष्मा बस्नेत, अन्जना पाण्डे सुन्दर मगर गरी सहित १३ सदस्यीय जिल्ला समिति गठन गरेको हो । अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा केशप सोराली मगर, अर्जुन बहादुर विष्ट, शालिकराम लुइटेल, गिता कोइराला, र प्रदेश अधिवेशन प्रतिनिधिमा फण्डिन्द्र भण्डारी, रामकला ढकाल, लक्ष्मण प्रसाद मेहेता छनोट निर्वाचित भएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन भोजपुरको ९ औँ जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै अधिवेशनका प्रमुख अतिथी प्रदेश सांसद तथा कोशी प्रदेश अर्थ समिति सभापति बिनोद बान्तवाले नागरिकको सेवामा लागेका कर्मचारीहरु जिम्मेवार बन्न जरुरी रहेको बताउनुभयो । हरेक क्षेत्रमा नेपाली कांग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गरेकाले शुभेच्छुक संस्थाहरु कर्मचारी युनियन लगायत सवैले अन्य पार्टीका संगठनहरुले भन्दा नयाँ ढंग र सोचका साथ नागरिक सेवामा लाग्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस इतिहास पढ्ने भन्दा पनि बनाउने पार्टी भएकाले कसैको डरधम्कीबाट नडराई जनताको सेवामा लाग्न कर्मचारीहरुलाई जिल्ला पार्टी सभापति समेतरहेका बान्तवाले आग्रह गरे ।
नेपाली कांग्रेसका प्रदेश सदस्य तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले राजनीतिक दलका नेताहरुको आचरण र ब्यवहारमा परिवर्तन हुन जरुरी देखिएको बताउँदै इमान्दार बन्न नसक्दा नयाँ शक्तिहरुको समेत उदय हुदै गएकाले कर्मचारीहरु पनि इमान्दार बन्दै संगठन बलियो बनाउन लाग्नु पर्ने बताए। संस्कार र संस्कृतिबाट पछि हटन नहुने बताउँदै आलेले गुटउपगुटका कारण पार्टीलाई कमजोर बनाउन नहुने धारणा समेत राखे ।
युनियनका केन्द्रिय सदस्य अनिल आचार्यले कर्मचारी प्रशासन अहिले लथालिङ अवस्थामा देखिएकाले निजामती कर्मचारीका ऐनहरु समयमा आउन जरुरी देखिएको बताए । पेशागत हकहितका लागि ट्रेड युनियनहरु बनेको उल्लेख गर्दे आचार्यले संघीय निजामती ऐन तत्काल आउनु पर्नेमा जोड दिए ।
निजामती कर्मचारीहरु नयाँ सोच र आधुनिक प्रबिधि मैत्री बन्दै जनताको सेवामा कटिबद्ध हुन जरुरी रहेको नेपाल निजामती कर्मचारी युनियन भोजपुरको नवौं जिल्ला अधिवेशनमा सहभागि अतिथी बत्ताहरुले बताएका छन् ।