भोजपुर । भोजपुरमा ठुलो मात्रामा लागु औषध सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले टेम्केमैयुङ गाउँपालिका २ का वर्ष २२ का कन्चन बस्नेत, भोजपुर नगरपालिका ९ बस्ने अनिल राई र उनका दाजु रमेश राईलाई लागु औषध र नगत सहित पक्राउ परेका हुन् ।
लागु पदार्थ सेवन गरिरहेको भन्ने सूचनाका आधारमा खोज तलास गर्दा टेम्केमैयुङ गाउँपालिका २ का कन्चन बस्नेतको साथबाट १० चक्की ट्रमाडोल र १० चक्की स्पास्पेन चक्की बरामद भएकाले उनलाई प्रहरी कार्यालय लगी सोधपुछ गर्दा अनील राई र रमेश राईबाट किनेर ल्याएको भन्ने खुलेपछि प्रहरीले उनीहरुको घर कोठामा खानतलासी गर्दा दुई हजार ५० चक्की ट्रमाडोल, दुई हजार ७० स्पास्पेन, नगत ९७ हजार दश, एक सय वीस ग्राम गाजा र २ थान मोवाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरक्षिक अरवीन्द कुमार शाहाले बताए ।
प्रक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।