भोजपुर । भोजपुरमा लामो तथा छोटो दुरीमा संन्चालन हुने यात्रुबाहक यातायातहरुले आफ्नो गाडीमा डस्वीन राख्नु पर्ने भएको छ । सोमबार भोजपुर नगरपालिकामा नगरपालिकाको आयोजनामा यातायात व्यावसायी, ट्याक्सी व्यावसायी, ट्म्पो व्यावसायी, उद्योग वाण्ज्यि संघ, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, र सरोकारवला निकायहरुको बसेको वैठकले लामो तथा छोटो दुरीमा संन्चालन हुने यात्रुबाहक यातायातहरुले आफ्नो गाडीमा डस्वीन राख्नु पर्ने निर्णय गरेको हो ।
नगरपालिका भित्र यतायातामा सवार यात्रीहरुले फोहोर जथाभावी फ्याके गरेको भन्दै फोफोर व्यावस्थापन गर्न गाडीमा डस्वीन अनीवार्य राख्नु पर्ने भएको हो । गाडीमा संकलन भएको फोहोर व्यावस्थापन गर्न निश्चित ठाउँमा नगरपालिकाले ठुलो डस्वीनको व्यावस्था गर्ने भएको छ भने त्यसका संकलन भएको फोहोर नगरपालिकाले उठाउने छ ।
प्रत्येक गाडीमा डस्वीन राखेर फोर व्यावस्थापन गर्न यातायात व्यावसायी तयार भएका छन् भने यात्रुहरुलाई र सर्वसाधरणलाई फोहोर जथाभावी नपाली एक ठाउँमा संकलन गरी डस्वीनमा राखी स्वाच्छ नगरपालिका बनाउन सवैले सहयोग गर्न भोजपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुकुन्द राईले आग्रह गरेका छन् ।
यस्तै फोहोर व्यावस्थापनमा सवैको उत्तिकै जिम्मेवारी हुने भएको हुदा फोहोर व्यावस्थापनका लागि यातायात व्यावसायीहरुलाई प्रत्येक गाडीमा डस्वीन राख्न लगाउने महेश राईसंगै अन्य प्रा. लि. का प्रतिनिधिहरुले समेत प्रतिवद्धता जनाएका छन् ।