नेपाल किसान महासंघ भोजपुरको अध्यक्षमा इन्दिरा प्रधान निर्वार्चित

भोजपुर । नेपाल किसान महासंघ भोजपुरको अध्यक्षमा इन्दिरा प्रधान निर्वार्चित भएकी छिन् । वुधवार नेपाली कांग्रेसको पार्टी कार्यलयमा भएको चौथो अधिवेशनबाट प्रधान सहित ३३ कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्य समितको उपाध्यक्षमा प्रेम बहादुुर राई, प्रसाद तामाङ, सचिवमा बल बहादुर भुजेल, शुसलि पौडेल, सह सचिव सन्तोस मिजार, हर्क वि.क. कोषाध्यक्षमा प्रतिमा श्रेष्ठ गरी ३३ सदसीय समित निर्वाचित भएका हुन् ।

यस्तै केन्द्रिय महादिवेशन प्रतिनिधिमा फविन्द्र प्रधान राजकुमार कार्की र प्रतिमा श्रेष्ठ निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिमा हरि केसी र हर्कराज राई निर्वाचित भएका हुन् ।

नेपाल किसान महासंघ भोजपुरको चौथो अधिवेशन नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति, प्रदेश सभा सदस्य तथा अर्थ समिति सभापति विनोद वान्तावाले उद्घाटन गरेका थिए । अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार