छिनामखुको मलुवा पोखरीमा माछा विजारोपण गरियो

भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुको मलुवा पोखरीमा माछा विजारोपण गरिएको छ । विहिवार एक कार्यक्रमका विच सिप्तुङ उत्थान समाज भोजपुरको आयोाजनामा मुन्दुमी संस्कृती अनुसार नाक्छुङ राखेर टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतबाट माछा विजारोपण गरिएको हो ।

मुन्दुम पदमार्गमा पर्ने यो पोखरी निकै राम्रो रहेकालेृ पर्यटकहरुको आर्कषणका लागि पनि माछा लगाईएको छ । पछिल्लो समय पानीको मुहान हरु सुक्दै गएको कारण पोखरी सम्रक्षण गर्न आवश्क रहेको बताउदै यलाई माछा विजारोपणले सहयोग पुगेको टेमकेमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार