भोजपुर । सुम्निमा बहुप्राविधिक शिक्षालय भोजपुरले ३७ औँ ctevt दिवस मनाएको छ । दिवसको अवसरमा सुम्निमा बहुप्राविधिक शिक्षालय देखि सुरु भएको प्रभातफेरी देउराली भोजपुर नगरपालिका, चयाङमिनि चौक, जिरो प्वाइन्ट, पुरानो बजार, टुँडिखेल, चारभञ्ज्याङ हुदैँ सुम्निमा बहुप्राविधिक शिक्षालयमा आई मुलसमारोहको कार्यक्रममा परिणत भएको थियो ।
प्रभातफेरी कार्यक्रम सुम्निमा बहुप्राविधिक शिक्षालयको शिक्षालय प्रमुख राजीव कुमार ठाकुरको नेत्रित्वमा शिक्षालयका प्रशिक्षकहरू, कर्मचारीहरू, सिभिल इन्जिनियरिङ , कृषि वालि विज्ञान, कृषि पशु विज्ञान कार्यक्रममा अध्ययनरत करिब दुई सय जना छात्रछात्राहरूको सहभागिता रहेको थियो ।
वार्षिकोत्सवका अवसरमा सुम्निमा बहुप्राबिधिक शिक्षालय भोजपुले ८ र ९ गते भोजपुर नगरपालिका भित्रका विद्यालयहरूका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई प्राविधिक शिक्षा सम्बन्धी जन चेतना तथा अभिमुखीकरण कार्यक्रम, फागुन ११ गते शिक्षालय वरिपरि सरसफाइ तथा विभिन्न खेलकुद कार्यक्रमहरू आयोजना गरिएको थियो भने फागुन १२ गते प्रभात फेरी, पुरस्कार वितरणसंगै साँझ दिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न गरेको शिक्षालय प्रमुख राजीव कुमार ठाकुरले बताए ।
प्रभात फेरी कार्यक्रमलाई संबोधन गर्दै शिक्षालय प्रमुख ठाकुरले देशको श्रम बजारलाई चाहिने निम्न तथा मध्यम स्तरको जनशक्ति उत्पादनमा ctevt को महत्वपुर्ण योगदान रहेको बताउदै आगामी दिनहरूमा पनि नेपालको श्रम बजार सँग हातेमालो गरी प्राविधिक शिक्षालाई अगाडि बढाउनु पर्ने बताएका छन् ।