भोजपुर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मेहनत नै नगरि कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताएका छन्। आज सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रगतिको जनचाहना पूरा गर्न मेहनत गर्नुपर्नेमा जोड दिदै बिकास निर्माणका कार्यलाई अगाडी बढाउन गठवन्धन दलको बर्तमान सरकार क्रियाशिल रहेको बताउँदै आगामी बजेटमा सवै बर्ग र क्षेत्रको अपनत्व हुने गरी अगाडी बढने बताएका छन् ।
उनले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजगका गाउँमा शिक्षको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताए। उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेकोमा पनि जोड दिए। देशले समृद्धि र विकास हासिल गर्नका लागि होस् वा विद्यार्थीले आफ्नो लक्ष्य प्राप्त गर्न मेहनत नगरि सम्भव नहुने सिंहको भनाई छ।
‘हामीसँग भएको चीजको महत्व नबुझ्ने, अरु ठाउँमा अरु देशमा भएको कुरामा मात्रै आकर्षित हुने प्रवृत्ति बढेको छ। जे हामीसँग छ, त्यसैलाई सुधार गरेर हामी अगाडि बढ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ,‘मेहनत गरेको खण्डमा त हामीले केही प्रगति गर्न सकौँला। मेहनतनै नगरिकन, कुरा मात्र गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न सकिँदैन।’
अहिले अवसर पाएर पढिरहेका विद्यार्थीले समाजका लागि के गर्न सक्छौं भन्ने सोच्न पनि उनले आग्रह गरे। पाठ्यक्रमको शिक्षाले आधार बनाउने भन्दै उपप्रधानमन्त्री सिंहले प्रगतिका लागि भने आफ्नो रुचीको क्षेत्रमा लगनशिलताका साथ मेहनत गरे सफलता प्राप्त हुने बताए।
एक सय सात बर्षको जहानिया राणा शासन भन्दा अगाडी नै स्थापना भएको बिद्यालयले शैक्षिक क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै सिंहले आफुसँग भएका श्रोत साधनको उचित प्रयोग गर्दे शैक्षिक सुधारमा लाग्न शिक्षक कर्मचारीलाई आग्रह गर्दै सिंहले सिद्धेश्वर माध्यमिक विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले समाजका विविध क्षेत्रमा योगदान गरिररहेकाले विद्यालयको पूर्वाधार विकासमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले देशको समग्र विकासक्रम विधिसम्मत र व्यवहारिक रुपमा अघि बढाइरहेको बताए। यो सरकार राजनीतिक स्थिरताको जगमा विकास निर्माणका कार्यहरु गर्नका बनेको पनि प्रष्ट पारे ।
यस्तै पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिद्यालयमा अध्ययरत एक छात्र र एक छात्रालाई आफनो बिद्यालयमा बार्षिक रुपमा छात्रबृतिको ब्यवस्था गर्नेे प्रतिबद्धता जनाएका छन् । सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औं वार्षिेकोत्सव कार्यक्रममा कोशी प्रदेश सभा सांसद बिनोद बान्तवा, पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइराला, जनप्रतिनिधीहरु लगायतको सहभागिता रहेको थियो ।