बुद्धिजीवी परिषद् भोजपुरमा उत्तम सिंह राई

भोजपुर । नेकपा (एमाले) निकट मानिएको नेपाल बुद्धिजीवी परिषद् भोजपुरको अध्यक्षमा उत्तम सिंह राई चयन हुनु भएको छ । जिल्ला सदरमुकाममा भएको चौथो जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

परिषद्का केन्द्रिय कोषाध्यक्ष लाक्पा शेर्पाको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट परिषद्को जिल्ला उपाध्यक्षमा रिन्जु शेर्पा, सचिव सिरज शर्मा लुईटेल, उपसचिवमा मिना तामाङ र सन्तोष राईलाई चयन गरिएको छ भने कोषाध्यक्षमा कटकबहादुर विष्ट चुनिनु भएको छ ।

परिषद्को जिल्ला समितिमा प्रकाश कट्टेल, यदि कुमार श्रेष्ठ, राजकुमार राई, नमुना घिमिरे, केशव गुरागाई र रमेश राई सदस्यमा चयन हुनु भएको छ । अधिवेशनमा एमाले जिल्ला अध्यक्ष मक्कर खडका, पेशगत संघसंगठनका अध्यक्ष लगायतको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार