भोजपुर बहुमुखी क्याम्पसमा भएको (स्ववियु) निर्वाचनमा सोबिन तामाङ विजयी

भोजपुर । भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा अखिल क्रान्तिकारीका सोविन तामाङ निर्वार्चित भएका छन् ।

नेविसंघका अशोक कुमार कार्कीलाई २५ मतको मतान्तरले सोविन निर्वाचित भएका हुन् । सोविन तामाङले दुई सय ५३ मात ल्याउदा अशोक कुमार कार्कीले दुई सय २८ मत प्राप्त गरेका थिए ।

यस्तै सचिवमा सचिवमा समाजवादी विद्यार्थी युनियनका जिवन राई र कोषाध्यक्षमा अनेरास्ववियुका बिशाल कार्की निर्वाचित भएका छन् ।

सदस्यमा सहस्रा राई, राजन नेपाल, जिशान श्रेष्ठ, हेमराज कार्की र करुणा मगर निर्वाचित भएका हुन् । भोजपुर बहुमुखी क्याम्पसमा कुल पाँच सय ९१ जना मतदाता रहेकोमा चार सय ९० जनाले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार