भोजपुर । भोजपुरमा सुरक्षित आप्रवासन कार्यक्रम सामीले सुरक्षित वैदेशिक रोजगार समबन्धि पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भोजपुर नगरपालिकाको वैठक कक्षमा भएको कार्यक्रममा सामी परियोजनाले चालु आर्थिक वर्ष ०८१÷८२ मा गरेका कामको समिक्षासंगै कार्यक्रमको उपलब्धि, समस्या तथा चुनौती र सामी कार्यक्रमको प्रभावको वारेमा जिल्लामा क्रियाशिल पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चालु आर्थिक वर्ष ०८१÷८२ मा वैदेशिक रोजगारमा जानेको संख्या सात हजार दुई सय ४२ जना पुगेको सुरक्षित आप्रवासन कार्यक्रमका कार्यक्रम संयोजक कर्ण पुलामी मगरले बताए । उनका अनुसार वैदेशिक रोजगारमा भोजपुरबाट दुई हजार तीन सय २० जना महिला र चार हजार नौँ सय वाईस जना गरी सात हजार दुई सय ४२ जना वैदेशिक रोजगारमा गएको बताए ।
अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले सुरक्षित आप्रवासन कार्यक्रम सामीले गरेको कार्यक्रमले सिप, तालीम, वित्तीय साक्षरता, रेमिट्यान्स व्यवस्थापन, वैदेशिक रोजगारको वारेमा परामर्श संगै वैदेशिक रोजगारका क्षेत्रमा प्रभावकारि कार्यक्रम गरेको बताएका छन् ।
उक्त कार्यक्रम चालु आर्थिक वर्ष ०८१÷८२ सम्म भोजपुरको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र हतुवागढी गाउँपालिकामा सञ्चालनमा रहेको थियो भने अब भने भोजपुरको सात वटै स्थानीय तहमा कार्यक्रम हुने कार्यक्रम अधिकृत रामप्रमेश मण्डलले बताए ।