भोजपुर । शुक्रबार राती लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मुलघाट(सिम्सुवाखण्ड अबरुद्ध भएको छ ।
साँगुरीगढी गाउँ पालिका ६ स्थित फेदीमा ५० मिटर कालोपत्रे सडक बगाएको स्थानिय बलबहादुर राइले जानकारी दिनुभयो । सडक बगाएपछी धनकुटा सहित, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै तमोरकरिडोर भएर पाँचथर र ताप्लेजुङ जाने आउँने यातायात र ढुवानी रोकिएको छ ।