भोजपुरमा अखिल आईकन २०८२ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

भोजपुर । भोजपुरमा अखिल नेपाल राट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले जेष्ठ ३० गते अखिल आईकन २०८२ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता संचालन गर्ने भएको छ ।

विद्यार्थीको अन्तरनिहित क्षमता विकासको लागि रचनात्मक गतिविधी गर्ने उद्धेश्यका साथ अखिल आईकन २०८२ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको अखिल नेपाल राट्रिय स्वतन्त्र विद्यार्थी यूनियन भोजपुरका जिल्ला अध्यक्ष प्रकाश सिँ राईले बताए ।

मंगलबार पत्रकार सम्मेलन मार्फत अध्यक्ष्मा राईले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकास गर्ने उद्धेश्यले भोजपुरको शिक्षाको अवस्था चुनौती र सुधारका उपायहरु विषयक वक्तृत्वकला प्रतियोगिता गर्न लागेको बताए ।

कार्यक्रममा भोजपुर जिल्ला भरीका माध्यमिक विद्यालयहरुलाई सहभागीताका लागि पत्र समेत पठाई सकेको र एक विद्यालयबाट ५ जना विद्यार्थी सहभागी हुन सक्ने आयोजकले जनाको छ ।

यहि जेठ ३० गते भोजपुर नगरपालिकाको सभा हलमा हुने प्रतियोगीतामा क्रमश ः प्रथम, दोश्रो र तेस्रो हुनेले नगत १५ हजार, १० हजार र ७ हजार सहित मेडल प्रमाणपत्र पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार