
बोर्डका अध्यक्ष डा। महाश्रम शर्माका अनुसार, पूरक परीक्षा साउन २९ गतेदेखि सञ्चालन हुने भएको छ। परीक्षाको विस्तृत कार्यतालिका भने पछि सार्वजनिक गरिने बताइएको छ।
बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीका लागि पुनर्योग रिटोटलिङ र उत्तरपुस्तिका पुनः परीक्षण गराउने व्यवस्था पनि गरेको छ। पुनर्योग गर्न चाहने परीक्षार्थीले २०७८ असार २३ गतेभित्र आवेदन दिनुपर्नेछ। नतिजामा कमजोरी देखिएकाले सुधारको अवसरका रूपमा पूरक परीक्षाको व्यवस्था गरिएको हो।