रसुवा बाढी अपडेट: तीन प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौं । रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा तीन जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेकाे कान्तिपुर संवाददाता बलराम घिमिरेले जनाउनुभएकाे छ ।

उक्त बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर, इभी गाडीहरूसमेत बगाएर लगेको पुष्टि भएको छ। मानविय क्षतिसमेत भएको आशंका गरिएको छ । तर कति क्षति भयो भन्ने तथ्यांक आएको छैन् ।

त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको बताइएकाे छ । त्यस्तै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू पनि नदी थुनिँदा डुबानमा परेको अवस्था छ। यस प्राकृतिक विपत्तिले ठूलो मात्रामा क्षति भएको आशंका गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार