धनकुटा । गाइजात्राका लागि यात्री बोकेर सदरमुकाम धनकुटा बजार जाँदै गरेको पिकअप गाडी दुर्घटना हुदा १७ जना घाइते भएका छन । को २ च २३०९ नम्बरको गाडी धनकुटा नगरपालिका ८ टेकुनाला भन्ने स्थानमा बिहान सवा १० बजे दुर्घटनामा परेको हो ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । घटनामा गम्भीर घाइते भएका केहिलाइ धरान पठाउने तयारी भैरहेको ट्राफिक प्रहरी नायव निरीक्षक मनोज खड्गाले जानकारी दिनु भयो । घटनाबारे बिस्तृत बिवरण आउन बाँकी छ ।










