डिविजन वन कार्यालय भोजपुरका कार्यलय प्रमुख विरुद्ध १ करोड ४३ लाख १८ हजार ९३७ बिगो दाबीसहित मुद्दा दायर

भोजपुर । डिविजन वन कार्यालय भोजपुरका कार्यलय प्रमुख दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । प्रमुख श्रेष्ठ विरुद्ध १ करोड ४३ लाख १८ हजार ९३७ बिगो दाबीसहित मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञाप्तीमा उल्लेख गरेको छ ।

श्रेष्ठले इलाममा कार्यरत रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
उजुरीको आधारमा अख्तियारले छानबिन थालेको थियो । २०४८ साल असार २६ मा नियुक्त श्रेष्ठले २०८० फागुन १६ गतेसम्म बुझाएको सम्पत्ति विवरण फाराम अनुसन्धान गर्दा उनी र परिवारका सदस्यहरूले २ करोड १६ लाख २५ हजार ५ सय ५७ रूपैयाँ आम्दानी गरेको र सोही अवधिमा ३ करोड ६० लाख ४ हजार ९५ रूपैयाँ खर्च गरेको देखिएको भन्दै अख्तियारले आम्दानी खर्चबीच तालमेल नमिलेको जनाएको छ ।

स्रोत नखुलेको १ करोड ४३ लाख १८ हजार ९३७ रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । श्रेष्ठले वार्षिक सम्पत्ति विवरणमा झुठ्ठा जानकारी दिई सम्पत्ति लुकाएको समेत अभियोग पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार