संसद पुनःस्थापना नै उत्तम विकल्प : राई

भोजपुर । संसद पुनःस्थापना नै उत्तम विकल्प रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कोशी प्रदेशका ईन्चार्ज तथा कोशी प्रदेशका पुर्व मुख्य मन्त्री शेरधनराईले बताएका छन् ।

उनले प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै हिंशा र विध्वंसको माध्यमबाट जन निर्वाचीत सरकारलाई अपध्वास्त गरी निर्वाचित सरकारलाई भंग गरी असम्बैधानिक बाटोबाट बनेको अन्तरीम सरकारलाई अस्वीकार गर्दै उत्पन्न विषम परिथतिमा मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याउन संसद पुनस्थाना नै उत्तम विकल्प रहेको बताए ।

राईले संसद पुनस्थापना गर्न नेकपा एमाले संघर्षको मैदानमा उत्रिएको उल्लेख गरे । संसद पुनस्थाना पश्चात सर्वपक्षिय सरकार, संविधान संशोधनको माध्यमबाट जेन्जी युवाहरुको माग मुद्धाको सम्वोधन गर्दै ताजा जनादेशमा जाने समेत उनले बताए ।

नेकपा एमालेले २९ गते देश भरी आयोजना गरेको जन प्रदर्शन तथा कार्यकर्ता भेलालाई सम्वोधन गर्न गृह जिल्ला भोजपुर आएका राईले फागुन २१ गते कुनै पनि हालतमा चुनाव नहुने बताएका छन् ।

निर्वाचनको वातावरण बनाउन कुनै दलसंग छलफल गर्ने वातावरण नबनाएको बरु उल्टै प्रमुख नेताहरुलाई सिमा बन्दी गरि काठमाडौँ र देश भन्दा बाहिर जान नपाउने र विभिन्न बाहानामा एरेस्ट गर्ने, दुख दिने र आतंक सृजना गरेको उनले बताए ।

नेकपा एमाले सरकारलाई दभाव दिन जिल्ला कमिटी भोजपुरले भोली जन प्रदर्शन तथा कार्यकर्ता भेला आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । कार्यक्रब शनीवार ११ बजे सुरु हुने नेकपा एमाले भोजपुरका अध्यक्ष मक्कर खड्काले जानकारी दिए ।यो लिङ्क किल्क गरी भिडी यो पनि हेर्नुहोस्

https://www.facebook.com/arjun.yunic/videos/2291908041311746

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार