निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रम जारी

काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रम चलिरहेको छ ।

नयाँ र वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि भन्दै जेन-जी युवादेखि उद्योगी व्यवसायी र सामाजिक अभियन्ताले दल दर्ता गरिरहँदा निर्वाचन आयोगमा दैनिकजसो भीड लाग्ने गरेको छ ।

जेन-जी आन्दोलन र त्यसपछिको परिस्थितिले नयाँ सरकारले चुनाव घोषणा गरेपछि सात वटा नयाँ दल दर्ता भएका छन् । २८ वटा प्रक्रियामा छन् ।

राजनीतिक विश्लेषकहरू दलमात्रै धेरै भएर सुधार नहुने बरू चुनावमा शक्ति निर्माण कमजोर हुनसक्ने भएकोले राजनीतिक स्थायित्व नहुने बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार