भोजपुर । जिल्ला निर्वाचन कार्यालय भोजपुरले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक तयारी सुरु गरेको छ ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा आज बसेको बैठकले पुरानै ८७ मतदान स्थल र १ सय ५५ मतदान केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मतादान स्थल र मतदान केन्द्रमा कुनै समस्या नभएको र पछि विषेश परिस्थिती आई परे वैठक बसी पुन सिफारिस गर्ने भन्दै पुरानै मतादान स्थल र मतदान केन्द्र सिफारिस गरिएको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक प्रमुख जिल्ला अधिकार शिवलालत तिवारीले बताए ।
मतदाता नामवली संकलन गर्ने काम आज सम्पन्न भएको र मंसीर २० गते देखि ३० गते सम्मक नामवलीमा त्रुटी भए सच्याउन दावी विरोधको समय राखिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीले जानकारी दिए ।
आज जिल्ला प्रशासन कार्यालय भोजपुरको वैठक कक्षमा भएको सिफरिस समितिको वैठकमा जिल्ला स्थीत राजनीति दल, स्थानीय तहका प्रमुख तथा प्रतिनीधि तथा पत्रकारको उपस्थिितिमा वैठक सम्पन्न भएको हो।










