भोजपुर । नेकपा ९एमाले० जिल्ला कार्य समिति भोजपुरले एमालेको ११ औ राष्ट्रिय महाधिवेशनको लागि महाधिवेशन प्रतिनीधि टुङ्गो लगाएको छ ।
भोजपुरबाट महाधिवेशन प्रतिनीधिमा पुरुष खुल्ला तर्फ प्रेम कुमार राई, सुरेन्द्र उदास, शरण कुमार राई, मक्कर खड्का, खुल्ला महिला तर्फ निर्मला शेर्पा, रमा देवि राई युवा तर्फ ज्ञानेन्द्र राई र दलित खुल्ला तर्फ चित्र लाल बि.क. सर्वसहमतले चयन भएको हो ।
भोजपुरमा महादिवेशन प्रतिनीधिका लागि आकांक्षी धेरै भए पछि महाधिवेशन प्रतिनीधि छनोटका लागि जिल्ला कार्य समिति भोजपुरले निर्वाचन तालिका नै सार्वजर्निक गरेको थियो ।
तर पार्टी भित्र लामो छलफल पछि सहमती जुटेको नेकपा ऐमाले जिल्ला अध्यक्ष मक्कर खड्काले जानकारी दिए । नेकपा एमालेको यही मंसिर २७ गतेदेखि ११ औं महाधिवेशन हुदैछ ।










