विद्यालय तहमा लागू औषध दुरुपयोग तथा दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना जगाउदै प्रहरी प्रशासन

भोजपुर। भोजपुर सदरमुकाममा रहेको विद्योदय माध्यमिक विद्यालयमा सोमवार लागू औषध दुरुपयोग तथा दुर्व्यसन नियन्त्रण सम्बन्धी युवा लक्षित सचेतनामूलक कार्यक्रम गरिएको छ । सोक्रममा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले युवा तथा विद्यार्थीहरू समाज परिवर्तनका आधार भएकाले गलत कुलतमा नफस्न आग्रह गर्नुभयो । विद्यालय तहमै चेतना फैलाउनु जरुरी भएकोले यस्ता सचेतना कार्यक्रम प्रभावकारी हुने प्रजिअ तिवारीको भनाई थियो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्ला स्थित सुरक्षा निकायसँगको समन्वयमा कार्यक्रम गरेको हो । कार्यक्रमको उद्देश्य सहित युवाहरूमा बढ्दो लागू औषध दुर्व्यसनप्रति चेतना जगाउनु कार्यक्रमको मुख्य उद्धेश्य रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले लागू औषधको दुरुपयोग, सामाजिक अपराध, मानसिक असर र कानुनी पक्षबारे प्रस्तुतीकरण गर्दै शैक्षिक संस्थामा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

विद्यालय तहमा यस्ता कार्यक्रम आवश्यक भएको बताउँदै विद्यार्थीहरू स्वयं सचेत वर्ग भएकाले उनीहरूकै माध्यमबाट जिल्लामा चेतनामूलक सन्देश फैलाउन सकिने विद्यालयका प्रधानाध्यापक खोमराज धमलाले बताउनुभयो । कार्यक्रममा सहभागीहरूले लागू औषध दुर्व्यसन, विकृति र विसंगति विरुद्ध एकजुट भई अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई सचेत, जिम्मेवार र सुरक्षित भविष्य तर्फ डोर्याउन मद्धत मिल्ने शसस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार