भोजपुर । भोजपुरको हतुवागांढी गाउँपालिका वडा नं. ५ होमताङमा एम्बुलेन्स दुर्घटना हुदा अन्दाजी २६ वर्षका सवारी चालक सञ्जीव राई सामान्य घाईते भएका छन् भने हतुवागडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अन्दाजी वर्ष ५० का जय कुमार राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार लामाले बताए ।
प्रदेश १— ०२—००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स विहान करिव ९ः४५ बजे बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा एम्वुलेन्स दुर्घटना भएको हो । घाइतेलाई हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी रहेको वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिए ।










