उद्धारका लागि हेलिकप्टरसहित सेना, प्रहरी र सशस्त्र पुग्यो मेलम्ची

काठमाडौं । हेलम्वु गाउँपालिका र मेलम्ची नगरपालिकाका स्थानीय बासिन्दाहरूको उद्धारको लागि तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर मेलम्ची पुगेको छ।

हेलम्वु गाउँपालिकाको नरकोटे भन्ने स्थानमा पहिरो जाँदा थुनिएर आएको मेलम्चीको बाढीले ठूलो क्षति पुर्‍याएको छ। केही स्थानीयहरू अझै थुनिएका छन्। स्थानीय बासिन्दाहरूको उद्धारको लागि धुलिखेल र चौताराबाट नेपाली सेनाको टोली खटिएको हो।

प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले चौतारा र काभ्रेको धुलिखेलबाट करिव २५० जनाको प्रहरी, सेना र सशस्त्र प्रहरीको टोली उद्धारको लागि मेलम्ची पुगेको जानकारी दिएका छन्।

निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको छ। तर, सनाखत भने अझै हुन सकेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार