भोजपुरको जिल्ला समन्वय सभापतिमा राई र थुलुङको उम्मेदवारी दर्ता

भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको सभापतिमा दुई जनाको उम्मेदवारी दिएका छन् । एमालेबाट विष्णु कुमार राईले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका कमल थुलुङले उम्मेदवारी दिएका हुन ।

त्यस्तै उप प्रमुखमा एमालेबाट चन्द्रकला राई र गठवन्धनको तर्फबाट माओबादी केन्द्रकी अनिसा खड्काले उम्मेदवारी दिएका हुन । सभापतीका उम्मेदवार राई टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ३ बाट निर्वाचित वडा सदस्य हुन् भने थुलुङ भोजपुर नगरपापिलका वडा नम्वर ३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

गठबन्धनबाट सदस्यहरुमा नेपाली काङग्रेसका, माओबादी केन्द्र जनता समाजबादीबाट दुई रदुई जना र एकीकृत समाजबादीबाट एक जनाले उम्मेदवारी दिएका छन् । एमालेले भने सवै पदमा एक्लै उम्मेदवारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार