जिल्ला अस्पताल र जिल्ला समन्वय समिति भोजपुरको परिषरमा विरुवा रोप्दै समन्वय प्रमुख थुलुङ

भोजपुर । जिल्ला अस्पताल भोजपुर र जिल्ला समन्वय भोजपुरको खाली रहेको जग्गामा फलफूलको विरुवा रोपिएको छ । जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङले खाली रहेको जग्गामा सुन्दरता र आयस्रोत हुने भन्दै एवोकाडो र चिउरी भेण्टाको विरुवा रोप्ने एक हप्ते अभियान नै संचालन गरी रोपेका छन् ।

समन्वय प्रमुख भएपछि जिल्लामा केहि परिवर्तन ल्याउने उदेश्यका साथ आफु रचनात्मक कार्यमा लागेको थुलुङको भनाई छ । उनले भोजपुरलाई समृद्ध जिल्ला बनाउन लागि पर्ने बताएका छन् ।

सभापति थुलुङले अस्पतालको खाली रहेको जग्गा झाडीमा परिनत भएको देखे पछि उक्त झाडीलाई सुन्दरता प्रदान गर्न जिल्ला अस्पताल भोजपुरका कर्मचारी र शसत्र प्रहरीको सहयोगमा झाडी फाडी विरुवा रोपेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार