असंवैधानिक कदमका विरुद्ध र संविधानको रक्षार्थ गठबन्धनको जन्म भएको हो : मुकारुङ

भोजपुर । वाराम्वार केपि सर्मा ओलिले गरेको असंवैधानिक कदमका विरुद्ध र संविधानको रक्षार्थ गठबन्धन बनेको नेपालि काङग्रेसका नेता तथा महासमिति सदस्य हेमन्त मुकारुङले अहिले बताएका छन् । भोजपुरको अरुण गाउपालिकामा गठवन्धन दलद्धारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गदै महासमिति सदस्य मुकारुङले यस्तो बताएका हुन् ।
विभिन्न काल खण्डमा भएका उपलव्धिहरुलाई केपि ओलिले जव आक्रमण गर्न थाले त्यतिखेरवाट यो मुलुक र मुलुका उपलव्धिहरुलाई रक्षागर्नका निमित्त गठवन्धन भएको बताउदै हिजो गठवन्धन दल भित्र भएका सम्वन्धका विषयलाई उठाएर कसैलाई पनि आज यो गठवन्धन भन्दा वाहिर रहने हक नभएको वताएका छन् । नेता मुकारुङले भने “गठवन्धन दल भन्दा वाहिर रहेर कुनै गतिधि नगर्न नेपालि काङग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।
हिजो आफ्नो क्षेत्र गुमाउदै गरेको भन्नेहल्ला छ तर पार्टिले लिएको निर्णय र निर्देशन लाई तपाईले एककेश पनि तलमाथि नगरी गठवन्धनका उम्मेद्धारीहरुलाई जिताउनु पर्नेछ । जवकी गठवन्धन दलका उम्मृद्धारलाई जिताएर मात्र मुलुकलाई अगाडि वढाउन सकिन्छ । मुकारुङले भने ।

विभिन्न काण्डै काण्ड वोकेका मान्छेहरु मत माग्दै आईरहेकाले मान्छे चिन्नुपर्ने समय आएको वताए मुकारुङले टेम्केमैयुम गाउपालिकाको मुर्तिकाण्डलाई संकेतगर्दै मुर्ति जेठाहरु तपाईको ठाउमा आईरहेकाछन्न् । हिजो यलम्वरका मुर्ति खादै गर्दा भोलि तपाईहाम्रा शिवजिका मुर्तिहरु फेरी खाईदिन सक्ने वताउदै मुर्ति खानेहरुलाई स्थानिय निर्वाचनमा त्यसको प्रतिफल हराएर देखाएको र फेरी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पनि गतिलो प्रतिफल भोग्ने वताए ।

भोजपुरमा गठवन्धन दल र नेकपा एमाले विच चुनावी भिडन्तहुदैछ । आशन्न प्रतिनिधि तर्फ नेकपा एमालेका शेरधन राई र गठवन्धन दलका सुदन किराति विच प्रतिष्पर्धा हुदैछ । यस्तै प्रदेश क्षेत्र १ मा गठवन्धन दलका राजेन्द्रकुमार राई र नेकपा एमालेका हरिवहादुर राई प्रदेश क्षेत्र २ मा गठवन्धनका विनोद राई वान्तावा र नेकपा एमालेका खड्गवहादुर कार्कीविच प्रतिष्पर्धा हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार