एनबिवाईसी सप्तरीलाई दुई गोलका विरुद्ध चार गोल गर्दै आयोजक सेमीफाईनलमा

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवारबाट सुरु भएको जिल्लाकै प्रतिष्ठित छैठौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक भोजपुरले एनबिवाईसी सप्तरीलाई पराजित गरेको छ ।
खेलको निर्धारित समयमा भोजपुरको तर्फबाट ४ गोल हुदाँ सप्तरीका तर्फबाट २ गोल मात्र हुन पुग्यो । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा करिव ३२ लाख ८० हजारको लागतमा संचालन भएको प्रतियोगिताको उद्धघाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले गर्नुभयो ।
प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन । जसमा दुई बाहिरी र ६ नेपाली टोली छन । प्रतियोगितामा युकेएफसी भारत, एभीनियर फुटवल क्लव क्यामरुन, भोजपुर जिल्ला फुटवल संघ, एनबिवाईसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लव मोरङ, भगवती स्पोर्टस क्लव खोटाङ र बसाहा क्लव उदयपुर सहभागी हुने छन ।
शनिवारको दोश्रो खेल युकेएफसी भारत र डाँगीहाट युथ क्लव मोरङका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिता चैत्र १० बाट चैत्र १६ गतेसम्म संचालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार