भोजपुरमा शसस्त्र प्रहरी बल गुल्म टक्सरको १३ औँ स्थापना दिवस मनाईयो

भोजपुर । शसस्त्र प्रहरी बल नेपाल नं. ५ गुल्म टक्सारको १३ औँ स्थापना दिवस मनाईएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीका साहायक वाहिनीपति विश्वकुमार भट्टराईको प्रमुख अतिथिमा भएको स्थापना दिवसको अवसरमा भएको भलिवल, व्याडमिन्टन, दौड, टेवलटेनीस र हात हतियार ह्यान्डलिङमा प्रथम भएका १० जना शसस्त्र प्रहरीलाई पुस्कृत समेत गरिएको शसस्त्र प्रहरी बल नेपाल नं. ५ गुल्म टक्सारका गुल्मपति दिनेश श्रेष्ठले बताए ।

गुल्मामा भएका कर्मचारीहरुलाई आचारण विपपरित काम गर्नेलाई दण्डित र राम्रो गर्नेलाई पुरस्कृत, फ्रि ईन्टरनेट सेवा प्रदान गरिएको बताईएको छ ।

कर्मचारीको मर्यादा उच्च राख्दै भौतिक निर्माण गर्ने क्रममा गुल्म आउने बाटो ढलान गरेको सुरक्षालाई प्रविधिसंग जोड्न सि सि क्यामेरा जडान समेत गरेको श्रेष्ठले बताए ।

कार्यक्रममा भोजपुरका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी नगरिक समाज, पत्रकार लगायत स्थानीयहरुको उपस्थितीमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । वार्षिक उत्सवको अवसरमा वृक्ष रोपन समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार