भोजपुर नगरपालकिाले थाल्यो नगरवासीहरुको निशुल्क कोरोना परक्षिण

भोजपुर । जिल्लामा दैनीक कोरोना संक्रमणदर बढदै गएपछि  भोजपुर नगरपालिकाले जनस्तरमा एन्टिजेन्ट किट मार्फत निःशुल्क कोरोना परिक्षण जारी राखेको छ । जस अन्तर्गत जेष्ठ १५ गते भोजपुर नगरपालिका वडा ७ बजार  क्षेत्रमा ५७ जनाको कोरोना परिक्षण परिक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र दासले जनाए ।
यसअघि (जेष्ठ १४ ) भोजपुर नगरपालिका वडा नं १२ टक्सार र वडा नं ८ पोखरेका १८ जनाको परिक्षण गर्दा ५ जनामा रिर्पोट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएका उनीहरुकोे स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
उनीहरुको एन्टिजेन्ट किट परिक्षण विधिद्वारा कोरोना परिक्षण गरेको हो । जुनविधिद्वारा परिक्षण गर्दा बढिमा १५ मिनेटमा रिपोर्ट आउने गर्दछ । 
कोरोनाको सन्त्रासमा रहेका स्थानीयहरुलाई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन नगरपालिकाले सुरु गरेको जनस्तरमा एन्टिजेन्ट किट विधिमार्फत कोरोना परिक्षणको काम वर्तमान समयमा एकदमै महत्वपुर्ण, सर्हानीय तथा उदारणीय भएको भोनपा ७ का स्थानीय प्रविण सुवालले बताए । उनका अनुसार स्थानीय सरकारले आफना जनताहरुका लागी स्वास्थय सुनिश्चीतता गराउनु महत्वपुर्ण कार्य हो, यसलाई जिल्लाभरीका स्थानीय तहहरुले पनी अनुसरण गर्न आवश्यक रहेको छ । भोजपु्र नगरपालिकाले नगरवासीहरुका लागी कोरोना संक्रमणबाट बच्न तथा उपचारका लागी आवश्यक पर्ने सहयोग प्रदान गर्नका लागी गरीएको अन्य तयारीसगैँ जनस्तरमा कोरोना परिक्षण पनी उदारणीय काम भएको अर्का स्थानीय सुरेश तामाङले बताए । 
अहिले सम्म भोनपा ७, ८ र १२ का ७५ जनाले एन्टिजेन्ट किटबाट कोरोना परिक्षण गरीसकेको छन् । आफुहरुले यसरी कोरोना परिक्षण गर्न पाउदा खुशी छौ,अव रिपोर्ट नेगेटिभ आएका झन सुरक्षित बस्छौ भने रिपोर्ट पोजेटिभ आएकाहरु आइसुलेशन तथा आवश्यक उपचार खटिन्छौँ,  स्थानीयहरुको भनाई छ ।
जिल्लामा पछिल्लो समय कोरोना संक्रमीतको संख्या बढेसगैँ नगरवासीहरुको स्वास्थ्य सुनिश्चीतताका लागी नगरपालिकाले निशुल्क कोरोना परिक्षण  सुरु गरेको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताए । साथै मेयर आलेले कोभिडको लक्षण देखा परेमा आवश्यक्ता अनुसार क्वारेन्टाइन, आइशुलेसन तथा अक्सीजन सिलिन्डरको व्यस्था गरेको, संक्रमीतलाई उद्धार तथा अस्पताल सम्म पुर्याउन गाडिको व्यवस्था गरेको जनाए । त्यससगैँ परिक्षणमा रिर्पोट पोजेटिभ आएका उनीहरुलाई आवश्यक्ता अनुसार नगरपालिकाले स्वास्थय उपचारको व्यवस्था गर्ने पनी मेयर आलेले जनाए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार