भोजपुरका स्थानीय तहलाई कति बजेट छुट्टियो?

भोजपुर । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा छुट्याएको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।
यसरी बितरण गरिएको रकम मध्ये भोजपुर जिल्लाका बिभिन्न स्थानीय तहहरुलाई जम्मा २ अर्व ९८ करोड १४ लाख रुपैया बितरण गरिएको छ । भोजपुरमा सबैभन्दा धेरै षडानन्द नगरपालिकाले र सबै भन्दा कम साल्पासिलिछो गाउँपालिकाले अनुदान प्राप्त गरेको छ ।

कुन स्थानीय तहले कति बजेट ?

१. षडानन्द नगरपालिका

षडानन्द नगरपालिकालाई समानीकरण अनुदान ११ करोड ६९ लाख, शशर्त अनुदान ३२ करोड १६ लाख, बिशेष अनुदान १ करोड ६६ लाख, समपुरक अनुदान १ करोड ३९ लाख गरी जम्मा ४६ करोड ९० लाख बिनियोजन गरिएको छ ।

२. भोजपुर नगरपालिका

भोजपुर नगरपालिकालाई समानीकरण अनुदान ११ करोड २१ हजार, शशर्त अनुदान ३० करोड २५ लाख गरी जम्मा ४१ करोड ४६ लाख बिनियोजन गरिएको छ ।

३. टेम्केमैयुङ्ग गाउँपालिका

टेम्केमैयुङ्ग गाउँपालिकामा समानीकरण अनुदान ९ करोड २ लाख, शशर्त अनुदान २५ करोड ९ लाख, बिशेष अनुदान ४६ लाख, समपुरक अनुदान ७० लाख गरी जम्मा ३५ करोड २७ लाख बिनियोजन गरिएको छ ।

४. अरुण गाउँपालिका

अरुण गाउँपालिकामा समानीकरण अनुदान ८ करोड ७३ लाख, शशर्त अनुदान २० करोड ८१ लाख, बिशेष अनुदान २ करोड ९१ लाख गरी जम्मा ३२ करोड ४५ लाख बिनियोजन गरिएको छ ।

५. रामप्रसादराई गाउँपालिका

रामप्रसादराई गाउँपालिकामा समानीकरण अनुदान ८ करोड ९९ लाख, शशर्त अनुदान २१ करोड ६० लाख गरी जम्मा ३० करोड ५९ लाख बिनियोजन गरिएको छ ।

६. आमचोक गाउँपालिका

आमचोक गाउँपालिकामा समानीकरण अनुदान ८ करोड ९४ लाख, शशर्त अनुदान २० करोड ४ लाख, समपुरक अनुदान ८३ लाख गरी जम्मा २९ करोड ८१ लाख बिनियोजन गरिएको छ ।

७. हतुवागढी गाउँपालिका

हतुवागढी गाउँपालिकामा समानीकरण अनुदान ९ करोड ५९ लाख, शशर्त अनुदान १८ करोड ३५ लाख, समपुरक अनुदान ८४ लाख गरी जम्मा २८ करोड ७८ लाख बिनियोजन गरिएको छ ।

८. पौवादुङ्मा गाउँपालिका

पौवादुङ्मा गाउँपालिकामा समानीकरण अनुदान ८ करोड ३५ लाख, शशर्त अनुदान १६ करोड ५१ लाख, बिशेष अनुदान २ करोड ४९ लाख, समपुरक अनुदान १ करोड २५ लाख गरी जम्मा २८ करोड ६० लाख बिनियोजन गरिएको छ ।

९. साल्पासिलिछो गाउँपािलका

साल्पासिलिछो गाउँपालिकामा समानीकरण अनुदान ७ करोड ५६ लाख, शशर्त अनुदान १६ करोड ७२ लाख गरी जम्मा २४ करोड २८ लाख बिनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार