सभामुख सापकोटाले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग शुक्रवार छलफल गर्दैछन् ।

आज दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा समसामयिक विषयमा छलफल आयोजना गर्न लागिएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

यसका लागि सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ । यद्यपी छलफलमा प्रधानमन्त्री ओली भने सहभागी नहुने बालुवाटार स्रोतले जनाएको छ ।

समसामयिक विषयमा छलफलका लागि उनीहरुलाई बोलाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार