गौचनद्धरा कोभिड अस्थायी अस्पताल भोजजपुरलाई अक्सिजन सिलिन्डर र पिपिइ सेट सहयोग

भोजपुर । युनिस्कोमा कार्यारत अनामिका गौचनद्धरा भोजपुरको देउरालीमा रहेको अस्थायी कोभिड अस्पताललाई १० थान अक्सिजन सहयोग गरेकी छिन् । काठमण्डौ निवासी समाजसेवि अनामिका गौचन शेर्पाले कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर र पिपिइ सेट प्रदान गरेकि हुन ।
शेर्पाले व्यक्तिगत आर्थिक सहयोगमा क्रिएशन नेपाल र अक्सिजन फर नेपाल संगको सहकार्यमा १० थान अक्सिजन सिलिन्डर र २० थान पिपिइ सेट समेत सहयोग गर्नुभएको कोभिड अस्पताल सहयोग समितिका सदस्य नेपाल पत्रकार महासंघ भोजपुर अध्यक्ष एक्सन राईले बताए ।
कोरोना संक्रमतिको उपचारको लागि अक्सिजन शिलिन्डरले ठुलो सहयोग पुग्ने राईले बताए । यो संगै कोभिड अस्पतालमा ५० वटा अक्सिजन शिलिन्डर पुगेको छ ।
तत्कालका लागि जिल्ला भित्रका ग्रील उद्योग र हाइड्रो पावरको समेत अक्सिजन शिलिन्डर प्रयोगमा ल्याइएको थियो । कोभिड अस्पातालमा विरामिकोे लागि शिलिन्डरले ठुलो सहयोग पुग्ने कोभिड अस्पताल सहयोग समिति भोजपुरका अध्यक्ष धुव्रलाल श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार