भोजपुर जिल्लामा जारी निशेधाज्ञा असार १० गते सम्म थप

भोजपुर । भोजपुर जिल्लामा जारी निशेधाज्ञा  आगामी असार १० गते सम्म थप भएको छ । जिल्लामा कोरोना संक्रमण दर बढिरहेकाले संक्रमणलाई नियन्त्रण तथा न्युनीकरण गर्न निशेधाज्ञा असार १० गते सम्म थप भएको  जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसीसीएमसि)का सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले बताउनुभयो । उहाका अनुसार लकडाउनको बेला औषधि, खाद्यान्न पसलहरु स्वास्थ्यको मापदण्ड अनुसार खुल्ला हुनेछ भने हाटबजार, पसल, विवाह, ब्रतबन्ध, पार्टि, धार्मीक, सास्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु, खेलकुद,तालीम, गोष्टि,सभा, भेला, जुलुस, लगायत भिडभाड हुने कार्यक्रम बन्द गरेको छ । 

साथै संक्रामक रोग ऐन २०२० ले जारी गरेको निति नियम पूर्ण रुपमा पालना गर्न जिल्लावासी सबैलाई डिसीसीएमसिले आग्रह गरेको समेत सहायक प्रमुख जिल्ला अधिकारी लुइटेलले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार