आचार्यले लिए मुख्यमन्त्रीको शपथ

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन् ।

आचार्य केहीबेर अघि एमाले संसदीय दलको नेता चुनिएलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुनिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार